१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा सार्वजनिक पदमा भएकाहरूको छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन उर्दी


429
Shares

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सार्वजनिक पदमा रहेकाले बालबालिका अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने उर्दी जारी गरेको छ ।

घ्याङलेख गाउँपालिकाले पालिकाभित्रका सार्वजनिक पदमा रहेका व्यक्तिहरुको छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको बैठकबाट गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछारीलाई कक्षा १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय भएको जनाइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि उक्त निर्णय गरिएको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनुभयो ।