
काठमाडौं । चार दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार मध्यप्रदेश जानुभएको छ ।
दाहाल शुक्रबार बिहान ११ बजे मध्ये प्रदेशको उज्जैन पुग्नुभएको हो । प्रधानमन्त्री दाहालले त्यहाँस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गर्नुभएको छ । दाहालले मध्यान्ह १२ बजेको समय पारेर मन्दिरमा पूजा समेत गर्नुभएको छ भने एक सय आठ किलोको रुद्राक्षको माला पनि चढाउनु भएको छ । दाहालले काठमाडौंबाटै चार वटा सुटकेसमा रुद्राक्षका माला लानुभएको थियो ।
सनातन धर्ममा महाकालेश्वर ज्योतिर्लिङ्गको पूजालाई निकै महत्वपूर्ण मानिन्छ । नेपालका प्रधानमन्त्रीको दर्शन तथा पूजाका कारण उक्त मन्दिरमा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म सर्वसाधारण भक्तजनलाई प्रवेश निषेध गरिएको हो ।
उज्जैन पुग्दा मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले प्रधानमन्त्री दाहाललाई स्वागत गर्नुभएको थियो । महाकालेश्वरमा पूजा सकेपछि प्रधानमन्त्री दाहाल मध्य प्रदेशको इन्दौर जाँदै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्