१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरको त्रियुगा नगरपालिकाद्वारा एक वर्षे प्रगति विवरण सार्वजनिक


130
Shares

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ ।

स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको एक वर्ष पुगेको अवसरमा नगरपालिकाले कार्यकालको एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको हो ।

नगरले एक हजार युवालाई सीपमुलक तालिम दिनुका साथै पुँजीको तथा लगानीको वातावरण बनाएर नेतृत्व विकासदेखि उद्यमशील बनाउने गरि नगरपालिकाले योजना बनाएर काम गरेको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनुभयो ।

यस्तै, महिलालाई क्षमता विकास र आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक तालिम प्रदान गरेको र पिछडिएको वर्ग मुसहर समुदायको सर्वाङ्गिण विकासका लागि काम गरेको प्रमुख बस्नेतले बताउनुभयो ।

यसैगरि गुनासो सुन्ने अधिकृतको व्यवस्था, जनप्रतिनिधि तथा कर्मचारीले हरेक वर्ष आफ्नो सम्पति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था, भूमिहीनलाई घरवास कार्यक्रममार्फत आवास गृह निर्माण गरी वितरण, विश्वकै ठूलो शिव लिङ्ग स्थापना, विसनपुर हरित पार्क, बेलदोभान झर्ना आदिको विकासका लागि काम गरेको नगरप्रमुख वस्नेतको भनाइ छ ।