१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुनकोसीमा गाडी खस्दा सिटिइभिटीका तीन कर्मचारी बेपत्ता


3.107k
Shares

काठमाडौं । सिन्धुलीको घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा सिटिइभिटीको गाडी सुनकोसी नदीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका छन् ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खसेको हो ।

गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलुवालले जानकारी दिनुभयो ।

गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमप्रसाद भूर्तेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यलय खुर्कोटमा रहेको प्रहरी टोली घटना स्थलमा पुगिसकेको र आफू सहितको टोली पनि घटना स्थलतर्फ जाँदै गरेको सिलवालले जानकारी दिनुभयो । बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।