
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भारतको मध्यप्रदेशस्थित इन्दौरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गर्नुभएको छ ।
गत बुधवार भारत भ्रमणमा जानु भएका दाहालले आज उक्त फोहोर केन्द्रको अवलोकन गर्नुभएको हो । सो फोहोर केन्द्र एक वर्ष अघिमात्रै सञ्चालनमा आएको थियो । सो केन्द्र १ अर्व ५० करोड भारतीय रुपैयाँमा निर्माण भएको हो । सो केन्द्रले फोहोरलाई वयवस्थापन गरेर मासिक आम्दानी समेत गर्दै आइरहेको इन्दौर नगर निगमका प्रमुभएको थियो ।
सो केन्द्रको अवलोकनपछि प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिकहरुलाई भारत पठाएर उक्त केन्द्रले फोहोर व्यवस्थापनमा गरेको अभ्यासको अध्ययन गर्न लगाउने बताउनु भएको थियो । सो केन्द्र फोहोर व्यस्थापनमा विश्वकै नमूना मानिन्छ । सो केन्द्रको अवलोकन पछि प्रधानमन्त्री दाहाल मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानद्वारा प्रधानमन्त्री दाहालको सम्मानमा आयोजित रात्री भोजमा सहभागी हुनु भएको थियो ।
चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल गत बुधबार भारत जानु भएको थियो । दाहाल भोली साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्