१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनकोशीमा हराएका तीन जना कर्मचारी अझै बेपत्ता


1.3k
Shares

सिन्धुली । सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको जीपमा सवार तीन जना अझै बेपत्ता छन् ।

बा १ झ ७४६७ जिपमा सवार तीन सरकारी कर्मचारीको अवस्था दुई दिन बित्दासमेत अझै पता लाग्न सकेको छैन ।

दुर्घटनापछि शसस्त्र प्रहरीको गातोखोरटोलीले शुक्रबार साँझसम्म तोजतलासको कार्य जारी राखेतापनि उनीहरुको अवस्था अझै अज्ञात छ । शनिबार बिहानैबाट पुनः सुनकोशी नदी र किनारका क्षेत्रमा गाताखोर, सुरक्षाकर्मीहरु र स्थानीयले खोजतलास सुरु गरेको छन् ।

सिटिभिटिका सहसचिव कृष्णबहादुर केसी, अर्का सहसचिव यमप्रसाद भुर्तेल र प्रशिक्षक भानु पौडेल जिपसहित सुनकोशी नदीमा हराइ्रहेका छन् । सिन्धुलीको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर–७ लौकुनबाट सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको जिप सुनकोशी नदीमा खस्दा अझै तीन जना बेपता भएका हुन् ।

काठमाडौबाट खोटाङतर्फ जाँदै गरेको जिप मध्यपहाडी लोकमार्गको ओरालो सडकबाट झण्डै एक सय मिटर तल सुनकोशी नदीमा खसेको थियो । जिपका चालक भने सुनकोशी नदीमा पौडी खेलेर निस्किएका थिए ।

सामन्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।