
काठमाडौं । छिमेकी मित्र राष्ट्र भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किँदै हुनुहुन्छ ।
प्रधानमन्त्री दाहाललाई भरतको इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो ।
भरतको विदेश मन्त्रायलका राज्यमन्त्री मिनाक्षी लेखीले प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई बिदाइ गर्नुभएको हो ।
प्रधानमन्त्री दाहाल नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ अवतरण गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्