४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको पूर्वअर्थमन्त्री पाण्डेको भनाई


65
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अफ्ठ्यारोे अवस्थामा रहेको बताउनुभएको छ ।

काठमाडौंमा स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको बताउनुभयो ।

सरकार र निजी क्षेत्र दुवै दबाबमा रहेको भन्दै मुलुकमा वित्तीय संकट आउन सक्ने परिस्थिति देखिएको उहाँको तर्क थियो । निजी क्षेत्रले बैंकको ब्याजदर घट्नुपर्ने माग राखेपनि तत्काल ब्याजदरमा कमी आउने अवस्था नदेखिएको भन्दै उहाँले यो वर्ष बैंकहरुको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा करिब ९ प्रतिशत कर्जा वृद्धि भएको भन्दै अर्को वर्ष यो भन्दा बढी हुने अवस्था नभएको उहाँको भनाई थियो

कार्यक्रममा बोल्दै पूर्वगभर्नर डा.विजयनाथ भट्टराईले नेपालको अर्थव्यवस्थामा सरकारी वित्त भाँडभैलो अवस्थामा रहेको बताउनुभयो ।

सरकारी वित्त र करका नीतिका विषयमा कलम चलाउदा त्यतिबेला नै लेख रचनाले नीति निर्माताहरुलाई धेरै सहयोग पुग्ने भट्टराईको भनाई थियो ।