२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इलाममा विपद व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न


312
Shares

इलाम । इलाममा नेपाली सेनाद्वारा सञ्चालित विपद व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा विभिन्न समयमा हुने विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास इलाम नगरपालिकास्थित माइखोलाको राजदुवालीमा सम्पन्न भएको हो ।

मानवीय क्षति कम गर्न, उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा सेनाको रणशार्दूल गणले कृतिम घटनाको अभ्यास प्रदर्शन गरेको थियो ।