२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


स्याङ्जाको वालिङमा अत्यावश्यक प्रसुती शल्यक्रिया सुरु


416
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले गह्रौं प्राथमिक अस्पताल वालिङमा अत्यावश्यक प्रसुती शल्यक्रिया सुरु गरेकाे छ ।

पहिलो पटक ३२ वर्षिय महिलाले स्वस्थ बच्चालाई जन्म दिएको अस्पतालले जनाएको हो । अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाई सहज हुने र प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यो सेवालाई अझै सुविधायुक्त बनाउँदै लाने योजना रहेको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डा. सुरज ठकाले जानकारी दिनुभयो । अस्पतालमा वरिष्ठ चिकित्सकहरुद्वारा शल्यक्रियाको काम भइरहेको छ ।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पदभार ग्रहण गर्दाकै दिन वालिङ नगरपालिकामा महिलालाई सामान्य शल्यक्रियाका लागि पनि पाल्पा र पोखरा धाउनुपर्ने बाध्यता रहेकाले यहि वालिङ गह्रौं प्राथमिक अस्पतालबाट सेवा दिने बताउनुभयो ।