
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको आयोजनामा १ दिने ‘वृति परामर्श तथा रोजगार मेला २०८०’ सम्पन्न भएको छ ।
मेलाको उद्घाटन गर्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले अघिल्लो पुस्ताले राष्ट्रियता, भौगोलिक अखण्डताको सवालमा काम गर्नुपर्ने बताउँनु भयो ।
उहाँले अब देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन अहिलेको पुस्ताले काम गर्नु पर्नेमा जोड दिनुभयो । मन्त्री सिटौलाले कृषिलाई आधुनिकीकरण र यन्त्रीकरण गर्दै यसैमा मा आत्मनिर्भर बन्ने गरि काम गर्न सके रोजगारीको सिर्जना हुने र आम नागरिको वृति विकास हुने उल्लेख गर्नुभयो ।
रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्