
परासी । अस्पताल बनाउने जग्गामा अतिक्रमण गरी घर बनाएपछि नवलपरासीको सरावल गाउँपालिकाले डोजर लगाएर भत्काएको छ ।
गाउँपालिकाले वडा– ५ धनगडवामा १५ शैयाको अस्पताल निमार्ण गर्दै छ । सोही जग्गामा व्यक्तिले अतिक्रमण गरेर बनाएको घर गाउँपालिकाले डोजर लगाएर भत्काइदिएको हो ।
यो स्थानकोे २ विगाहा १८ कठ्ठा जग्गा कार्यपालिकाको बैठकले अस्पतालका लागि छुट्याएको थियो । छुट्टाएको जग्गामा तीन जना स्थानीयले घर बनाएका थिए ।
गाउँपालिकाले पटक पटक सूचना निकालेर सम्बन्धित व्यक्तिलाई खाली गराउन ताकेता गरेपनि अटेरी गरेपछि प्रहरी प्रशासनको सहयोगमा डोजर लगाएर घर भत्काइएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्