१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एफ.ए कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई


520
Shares

काठमाडौं । यस वर्षको एफ.ए कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ ।

इंग्ल्याण्डको वेम्बले रंगशालामा शनिबार राति भएको फाइनल खेलमा आफ्नै शहरको प्रतिद्धन्द्धी म्यान्चेस्टर युनाइटेडलाई २–१ ले हराउँदै म्यान्चेस्टर सिटीले उपाधि जितेको हो ।

सिटीको लागि दुबै गोल इके गुन्डोगानले गरे । पराजित टोली म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले सिजनमा दुई वटा महत्वपूर्ण उपाधि सुरक्षित गरेको छ ।

पेप ग्वार्डियोलाको प्रशिक्षणमा सिटीले यो सिजनको प्रिमियर लिगको उपाधि पनि जितेको छ । उसले अब युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा इटालीयन टोली इन्टर मिलानको सामना गर्नेछ ।

फाइनल खेल अर्को आइतबार टर्कीको इस्तानबुलमा हुनेछ ।