
काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले प्रस्ताव गरेको नयाँ करहरुप्रति गम्भीर असहमति जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटप्रति संस्थागत प्रतिक्रिया जनाउँदै सीएनआइले अर्थतन्त्र मन्दीमा रहेको बेला ल्याइएको नयाँ कर नीतिले लगानी दुरुत्साहित हुने र आर्थिक शिथिलता झन् बढ्ने भन्दै चिन्ता ब्यक्त गरेको छ ।
सीएनआइले जारी गरेको विज्ञप्तिमा वैदेशिक पर्यटन शुल्क, विलासिता शुल्क र वैदेशिक रोजगारी शुल्कको नाममा लगाइएको करप्रति आपत्ति समेत जनाएको छ ।
२०५४ मा एउटा मात्र कर भ्याट लगाउने भनेको सरकारले स्वेच्छाचारी ढंगले करमाथि कर थोपरेको गुनासो पनि सीएनआइको छ ।
प्रतिक्रिया दिनुहोस्