५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति नेमकिपाको बिरोध प्रदर्शन


182
Shares

काठमाडौं । नेपाल किसान मजदुर पार्टीले नागरिकता विधेयक प्रमाणीकरण भएको बिरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।

आईतबार पार्टीका संगठनका नेता, कार्यकर्ताहरु भेला भइ जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नगरिकता विधेयक प्रमाणीकरण गर्नुभएको र नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरित भएको भन्दै बिरोध प्रदर्शन गरेको हो ।

बिरोध प्रदर्शन काठमाडौंको कोटेश्वरदेखि संसद भवनसम्म भएको थियो ।

प्रर्दशनका क्रममा उनीहरुले देशभक्त नेपाली एक होऔँ, देशघाती नागकिरता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए ।