४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने लिङदेनको चेतावनी


884
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसद बैठक चल्न नदिने चेतावनी दिनु भएको छ ।

आइतबार बसेको प्रतिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ संसद भवनमा राखिएको भारतको नक्शामा समावेश गरिएको नेपाली भूमिबारे संसदको रोष्टममा आएर जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने लिङदेनले बताउनुभयो ।

त्यस अघि एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि अध्यक्ष लिङदेनले पनि बोल्नका लागि समय पाउनु भएको थियो । त्यसक्रममा उहाँले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा घोर आपत्ति जनाउँदै त्यसलाई तत्काल संसदमा ल्याएर प्रक्रिया अघि बढाउन पनि सरकारसँग माग गर्नु भयो ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु केही घण्टा अघि मात्रै किन त्यो विधेयक प्रमाणिकरण गर्नु परेको पनि सरकारलाई प्रश्न समेत गर्नु भयो । अध्यक्ष लिङदेनले सत्तास्वार्थका लागि नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम आफ्नो पार्टीलाई सैह्य नहुने पनि बताउनु भयो ।