
काठमाडौं । पूर्व मिसेस इण्डीया डा. शोभादेवी नक्कानाले नेपालको सुन्दरता देखेर आफू मोहित भएको बताउनुभएको छ ।
नेपालको हिमाल अरोहण र प्राकृतिक सुन्दरता हेर्न नेपाल आउनु भएकी उहाँले नेपालको सन्दरताको वर्णन गर्न नसक्ने प्रतिकृया दिनु भएको छ । २०१९ को मिसेस इण्डीया बिजेता डा. शोभादेवीले नेपालको सगरमाथा बेस क्याम्पसम्म पुगेर फर्कनु भएको हो । बेस क्याम्पमा रहँदा नेपालको सुन्दरता अनुभूति गर्न पाएको भन्दै उहाँले नेपालको प्राकृतिक सुन्दरता अनुपम रहेको बताउनुभयो । सामाजिक क्षेत्रमासमेत निकै क्रियासिल डा. शोभादेवीले मिसेस एडभेन्चरस दिवा उपाधि पनि प्राप्त गर्नु भएको छ । मिस इण्डिया सुपर क्लासिक २०१९ ब्यूटी पेजन क्राउन बिजेता, मिस टाईमलेस ब्यूटी टाईटलको बिजेता, मिसेस इण्डिया तेलंगानासुपर क्लासीक २०१९ को सौन्दर्य प्रतियोगिताको बिजेता समेत हुनुहुन्छ ।
नेपालको छोटो बसाईसंगै यहाँको अपार प्राकृतिक उपमासँग लुकामारी खेल्न पाउँदा निकै खुशी लागेको उहाँले बताउनुभयो । बिशेष गरेर नेपालका शेर्पाहरुको हिमाल आरोहण र ट्रेकिङमा निक्कै दक्खल रहेको भन्दै शेर्पाहरुबाट प्रभावित भएर उनीहरुलाई सहयोग गरेको पनि बताउनुभयो । यहाँका हिमाललाई जोगाई राख्न सके नेपाल बिश्वकै गन्तब्य मुलुक बन्ने उहाँको भनाई थियो । सेता हिमाल काला पत्थरमा परिणत हुनबाट जोगाउनु पर्ने उहाँको सुझाव छ । नेपालमा पनि जलवायु परिर्वतनको असर देखिएको भन्दै बृक्षारोपण आवश्यक भएकोमा जोड दिनुभयो ।
नेपालको पर्वतीय पर्यटन, जलवायु, यहाँका दुर्गम क्षेत्रका बालबालिका, महिला र सञ्चारको क्षेत्रमा सहयोग गरेर जनचेतनामूलक कार्यक्रममा सहयोग गर्ने उहाँको लक्ष्य छ । इण्डियाबाट नेपालमा धेरै पर्यटक भित्र्र्याउन सकिने भन्दै नेपालको सुन्दरता, भौगोलिक बनावट, हावापानी र हिमालको बारेमा आफूले इण्डियामा प्रचारप्रसार गर्ने जानकारी दिनुभयो । प्रचार प्रसार भए धेरै इण्डियनहरु नेपाल आउन लागयित हुने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्