
काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
आइतबार संसद सचिवालयले सूचना टासेर बैठक सोमबार बिहान ११ बजे बस्ने जनाएको छ ।
बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए ।
त्यसपछि सभामुखले १ घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो ।
सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक सोमबार बस्ने गरि सकेको हो ।
प्रतिक्रिया दिनुहोस्