१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


नेप्से ५३ अंकले बढ्यो


52
Shares

काठमाडौं । पुँजीगत लाभकर अन्तिम हुने अर्थमन्त्रीको आश्वासनसँगै लगानीकर्ता उत्साही बनेका छन् ।

बजेट घोषणासँगै करको अन्योलले निरन्तर ओरालो लाग्दै आएको बजारमा आइतबार अर्थमन्त्रीले पुँजीगत लाभकर अन्तिम हुने स्पष्ट पारेसंगै लगानीकर्ता उत्साही भएका हुन् ।

आइतबार ५३ अंकको उछाल आएर नेप्से १९ सय १९ कायम भयो । अधिकांश कम्पनीमा हरियाली छाउँदा कारोबार डेढ अर्ब माथि रह्यो । होटल तथा पर्यटन समूहमा सबैभन्दा उच्च ७ प्रतिशतमाथिका वृद्धि आयो । निर्जीवन बीमा समूहमा साढें ४ प्रीतशतको वृद्धि आयो । जलविद्युत, व्यापार समूह पनि ४ प्रतिशत हाराहारीले बढे । जीवन बीमा, विकास बैंक, वित्त, उत्पादनमूलक, अन्य समूह पनि ३ प्रतिशत बढीले उकालो लागे ।

आइतबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७० कम्पनीको ४५ लाख बढी कित्ता शेयर १ अर्ब ६६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । आइतबार २ सय १७ कम्पनीका लगानीकर्ताले कमाउँदा जम्मा ३ कम्पनीका लगानीकर्ताले गुमा ।

आइतबार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सामुदायिक लघुवित्त, ग्लोबल आईएमर्ए ब्यालेन्स फण्ड, सोल्टी होटलका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।