
काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताउनुभएको छ ।
आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गर्नुभएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउनुभयो ।
उहाँले नागरिकता विधेयकलाई असंवैधानिक रुपमा राष्ट्रघात हुने गरी प्रमाणिकरण गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्