
फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएर मात्रै नागरिकता विधेयक प्रमाणिकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरुको विरोध रहेको बताउनुभयो ।
आइतबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणिकरण गरिएको बताउनुभयो ।
यो विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्