
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक प्रमाणिकरण गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जालसाझी गरेको बताउनुभयो ।
आइतबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस विषयमा देशघात भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘नागरिकता विधेयकमा प्रमाणिकरण भयो त्यो संविधान अनुसार, संसदीय व्यवस्था अनुसार मिल्दैन । संविधानको धारा ११३ मा सभामुखले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपपतिकहाँ पेस गर्ने भनेर स्पष्ट लेखेको छ । त्यसकारण नागरिकता विधेयक संसदलाई छलेर प्रधानमन्त्रीले सिफारिस गरे अनुसार राष्ट्रपतिबाट भएको प्रमाणिकरण एक किसिमको जालसाझी हो । जालसाझी राष्ट्रपति र प्रधानमन्त्रीले गर्नु हुँदैन । नेपालका राष्ट्रपति र प्रधानमन्त्री भारतीय एकाधिकार पुँजिको र भारतीय बिस्तारवादको गोटी चालमा फसेको पुष्टि भयो । दुवैले राजनीमा गर्नुपर्छ । संसदमा अविश्वास र महाअभियोगको प्रस्ताव ल्याउनुपर्छ । देशघात भएको छ ।’
प्रतिक्रिया दिनुहोस्