१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


महानगर क्षेत्रमा दैनिक ३ सय वृक्षरोपण


104
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ ।

जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ । जेठ ६ गते करिब ५ सय बिरुवा रोपेर हरियाली अभियान शुरू गरेको महानगरले हालसम्म १० हजार वृक्षरोपण गरिसकेको छ । कामपाले पहिलो चरणमा सधैं हरियो भइरहने धुपी, समी र कपुरको बिरुवा रोपेको छ ।

कामपा उद्यान तथा हरियाली आयोजना प्रमुख नवराज थापाले नेपाल समाचारपत्रसँग कुरा गर्दै हालसम्म १० हजार वृक्षरोपण गरिसकेको र असारभित्र ९० हजार बिरुवा रोपिसक्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘राम्रोभन्दा पनि सधैं हरियो भइराख्ने भएकोले तीन प्रकारका बिरुवा रोप्न शुरू गरेका हौं ।’ उहाँका अनुसार साउन लागेपछि विभिन्न प्रकारका मौसमी फूलका विरुवा रोप्ने कार्यक्रम छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।