
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
सोमबार बस्ने बैठकमा सभामुखले देबराज घिमिरेले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको जानकारी गराउने कार्यसूचि रहेको छ ।
यस्तै,बजेटमाथिको छलफल सुरु गर्ने कार्यसूचि पनि रहेको संसद सचिवालयले जनाएको छ ।
बजेटमाथिको छलफल आइतबारदेखि सुरु गर्ने कार्यसूचि रहे पनि एमालेसहितका विपक्षी दलहरुको अवरोधका कारण वैठक स्थगित भएको थियो ।
एमाले, राप्रपा र रास्वपाले भने नागरिकता प्रमाणीकरण, रेशम चौधरीको आममाफी र भारत भ्रमणबारे प्रधानमन्त्रीले स्पष्ट नपारेसम्म बैठक अघि बढ्न नदिने अडान लिएका छन् । बैठक ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्