१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गौर हत्याकाण्डको पेशी आज


728
Shares

काठमाडौं । गौर हत्याकाण्डको छानबिनका लागि माग गर्दै परेको रीटमा सोमबार पेशी तोकिएको छ ।

१६ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्डमा मारिएकाहरूका आफन्तले सर्वोच्चमा रिट हालेका हुन् ।

रीटमा रौटहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ ।

२०६३ साल चैत ७ गते मा रौटहटको गौरमा माओवादीले आयोजना गरेको कार्यक्रममा तत्कालीन मधेशी जनअधिकारले आक्रमण गर्दा २७ जनाको हत्या भएको थियो भने सय जना भन्दा बढी घाइते भएका थिए ।

उक्त घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायतको संलग्नता रहेको आशंका गरिएको छ ।