
पाल्पा । पाल्पामा आइतबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुने चार जनाको सनाखत भएको छ ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जाँदै गरेको जिप पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवती केवरे डाँडामा हिजो साँझ दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी गाउँपालिका– १ पणेनाकी ५५ वर्षीया श्यामकला परियार, वडा नंं २ पोखराथोकका २६ वर्षीय जीप चालक रमेश विक, सोही स्थानका २५ वर्षीया सिता गौतम र २ वर्र्षीय संयोग गौतम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी विरेन्द्र थापाले जानकारी दिनुभयो ।
घाइतेहरुलाई उपचारका लागि बुटवलका विभिन्न अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्