
काठमाडौं । यो सिजनको स्पेनिस लिग फुटबल ला लिगा सकिएको छ ।
यसपटक बार्सिलोना च्याम्पियन बन्दा शिर्ष चारमा परेका रियाल मड्रिड, एथ्लेटिको मड्रिड र रियाल सोसिडाड अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएका छन् ।
सिजनको अन्तिम खेलमा बार्सिलोनालाई सेल्टा भिगोले २–१ ले हराउँदा रियाल मड्रिडले एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरी खेल्यो ।
यो खेलमा गोल गरेका रियालका किर्तीमानी खेलाडी करिम बेन्जमाले क्लबबाट सुखद विदाई गरेका छन् । १४ वर्ष रियाल मड्रिडबाट खेलेका ३५ वर्षिय फ्रेन्च खेलाडी बेन्जमा अर्को सिजन साउदी अरबियाको क्लबबाट खेल्नेछन् ।
यसपटकको स्पेनिस लिगमा पुछारको तिन स्थानमा रहेका एल्चे, स्पानियोल र रियाल भालाडोलिड रेलिगशनमा पर्दै दोस्रो श्रेणीको लिगमा झरेका छन् ।
प्रतिक्रिया दिनुहोस्