
काठमाडौं । कालीकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु भएको छ ।
नरहरिनाथ गाउँपालिका–५ रुप्साकी १७ वर्षीया एलिसा सहकारीको शिकारीले हानेको गोलीबाट मृत्यु भएको हो ।
गत शुक्रबार बिहान मकै गोड्न गएका बेला स्थानीय शिकारीले चलाएको भरुवा बन्दुकको गोली टाउकोमा लागेर एलिसा घाइते भएकी थिइन् ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आइतबार उनको मृत्यु भएको हो ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले गोली हान्ने शिकारीको पहिचान हुन नसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्