१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वातावरणको संरक्षण र संवद्र्धन गर्न जरुरी : मन्त्री महतो


78
Shares

ललितपुर । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदुषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सबै नेपाली नागीरकहरुले फोहोर गर्दिन भन्ने प्रण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले अहिले विश्वको चुनौति भनेको जलवायु परिवर्तनको निर्मुल पार्नु रहेकाले नेपालबाट नै यसको थालनी गर्नुपर्ने बताउनु भयो । उहाँले हरेक नेपालीहरुले आफ्नो जन्मदिनमा एक बिरुवा रोप्दै जाने हो भने देश हराभरा हुने बताउनु भयो । मन्त्री महतोले प्लाष्टिकजन्य पदार्थको कम प्रयोग गरी पृथ्वी र प्रकृति बचाउन आवश्यक रहेको बताउनु भयो ।