
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा कामका लागि जस्तोसुकै जोखिम मोल्न पनि आफू तयार रहेको बताउनुभएको छ ।
सोमवार ललितपुरमा विश्व वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लेनदेनका कारण अहिले अपराधिक क्रियाकलापहरु बढीरहेको उल्ल्ेख गर्दै यस्ता गतिविधिमा आफू नलागेको र कहिल्यै नलाग्ने पनि प्रतिवद्धता जनाउनु भयो । उहाँले आफूलाई जोखिमसँग खेल्ने बानी रहेको भन्दै राम्रा कामका लागि कुनैपनि जोखिमसँग जुध्ने बताउनु भयो ।
मन्त्री बस्नेतले मानव सभ्यताकै शत्रुको रुपमा प्लाष्टिकजन्य पदार्थहरु देखिन थालेको बताउनु भयो । उहाँले प्लाष्टिकलाई पूर्ण रुपमा नष्ट गर्नपनि नसकिने र न्युनिकरणको लागि विकल्प नहुँदा समस्या सिर्जन भएको बताउनु भयो । उहाँले प्लाष्टिकजन्य सामग्रीका कारण वातावरण धेरै प्रदुषित भएको भन्दै यसको असर नेपालमा पनि धेरै परिरहेको बताउनु भयो । प्लाष्टिकजन्य सामग्रीको प्रयोग कम गर्ने कुरामा सार्क राष्ट्रहरुले एक भएर काम गर्नुपर्ने बताउनु भयो । उहाँले प्लाष्टिकजन्य सामग्रीको प्रयोग कम गर्नका लागि जनचेतनाका साथै सरकारी स्तरबाट न्युनिकरण गर्न आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो ।
मन्त्री बस्नेतले नेपालमा सबै मिलेर प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई कम गर्दै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्