२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुनचाँदीको मूल्य स्थिर


676
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य स्थिर भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सामान्य गिरावट आएपनि स्थानीय बजारमा घटबढ भएको छैन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ छ ।

गत सातासम्म सुनको मूल्य बढ्दै प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको थियो । बढोत्तरीमा ब्रेक लाग्दै साताको पहिलो दिन आईतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेर मूल्य निर्धारण भएको थियो । आइतबार कायम प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा सोमबार घटबढ भएको छैन ।

चाँदीको मूल्य पनि स्थिर छ । गत साताको अन्तिम दिनको तुलनामा २० रुपैयाँ घट्दा आइतबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार प्रतिऔंस १९४८.१९ डलर रहेको सुन सोमबार १९४५.१३ डलरमा कारोबार भइरहेको छ । चाँदी पनि प्रतिऔंस २३.६२ डलरबाट २३.५५ डलर आइपुगेको छ ।