
दीपक चालिसे
फ्रान्स । नेपाली सांस्कृतिक गृह फ्रान्सको आयोजनामा राजधानी पेरिसमा १८ औं नेपाली कला संस्कृति मेला आयोजना गरिएको छ ।
उक्त मेलामा नेपालका बिभिन्न कला संकृति झल्किने कार्यक्रम प्रस्तुत गरिएको थियो । मेलामा गैर आवासीय नेपाली संघ(एनआरएनए) फ्रान्स, फ्रान्स स्थित नेपाली राजुदावास लगायत विभिन्न संघ संस्थाले आफ्ना स्टल राखेका थिए ।

सो अवसरमा फ्रान्समा बसोबास गरिरहेका नेपाली कलाकारहरुले बिभिन्न भेषभुसाको प्रदर्शन समेत गरेका थिए ।

मेलामा किराँती, नेवारी, थारु, गुरुङ र मगर समुदाय लगायतका कला प्रस्तुत र प्रदर्शन गरिएको थियो । मेलामा राजेश पायल राई लगायका कलाकारहरुको सांगितिक कार्यक्रम पनि आयोजना गरिएको छ । सो मेलालाई नेपाली र बिदेशी गरी एक हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्