
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताउनु भएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै अधयक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो – ’प्रधानमन्त्रीको भारत भ्रमण फितलो रह्यो ।’ संसदमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको उल्लेख गर्नुभयो ।
भारत भ्रमणका क्रममा प्रधमामन्त्री दाहालले फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्ने जस्तो अभिव्यक्ति दिएको प्रति पनि ओलीले आलोचना गर्नभयो । ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमणबाट १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धि हासिल नभएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्