
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता एवं पूर्र्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा जोड दिन सरकारलाई सुझाव दिनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सरकारलाई सो सुझाव दिनुभएको हो ।
नेता कार्कीले सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा जोड दिए मुलुक १० वर्षमै एसियाकै सम्पन्न राष्ट्रमा परिणत हुने दाबी समेत गर्नुभयो । उहाँले सरकारले ल्याएको बजेट सन्तुलित, यथार्थपरक रहेकाले यसबाट मुलुकको निजी क्षेत्रसमेत उत्साहित भएको दाबी समेत गर्नुभयो ।
कमजोर आर्थिक वृद्धि, बढदो मुद्रास्फिति र उपभोग्य बस्तुको बढदो आयात अहिलेको मुख्य समस्या रहेको औंल्याउँदै नेता कार्कीले यी समस्यालाई समाधान गर्दै आर्थिक विकास गरेर देशलाई स्थायित्वको बाटोतर्फ लैजाने बजेटको लक्ष्य रहेको बताउनुभयो ।
कार्कीले बजेटलाई आफ्नो पार्टीले समर्थन गर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्