२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


संसद अवरोध संसदीय अभ्यासकै पाटो हो : रमेश लेखक


286
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको बताउनु भएको छ ।

सोमबार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक लेखकले संसद राजनीतिक थलो भएको र संसदमा विभिन्न विचारधाराका पार्टी र नेताहरु एक ठाउँमा छलफल गर्ने थलो भएको बताउनुभयो । उहाँले संसद अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको बताउनुभयो ।

उहाँले संसद अवरोधलाई भने कम गर्दै लैजानुपर्ने बताउनुभयो ।