२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयो : योगेश भट्टराई


897
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री पुष्पकमल दाहाल संसदमा निरीह भएको बताउनुभएको छ ।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

सांसद भट्टराईले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बन्नुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको नागकिरता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको बताउनुभयो ।

भट्टराईल उहाँले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रस्तुत गरिरहेको भन्दै बिरोध जनाउनुभयो । उहाँले प्रधानमन्त्रीले संसदलाई ढाँट्न नमिल्ने पनि बताउनुभयो ।

सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई विवादित गराएको आरोप लगाउनुभयो ।