
काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूचि रहेको छ ।
सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले मंगलबार पनि निरन्तरता पाउने भएको हो ।
प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्ना धारणा राख्नेछन् । जेठ १५ गते संसदमा प्रस्तुत बजेटमाथि सोमबारबाट सदनमा छलफल प्रारम्भ भएको हो ।
यस्तै,मंगलबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा पनि बजेटमाथिको छलफल जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस्