
काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
राष्ट्रिय सभाको बैठक मंगलबार ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो ।
बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थियो ।
तर, प्रधानमन्त्री दाहाल खप्तडमा मंगलबार देखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि जानु भएकाले बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
त्यसैगरी राष्ट्रिय सभाको अर्काे बैठक बुधबार बिहान ११ बजेर ११ मिनेटका लागि निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्