११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


करको दर हेरफेरबारे संसदीय छानविन समिति बनाउन राप्रपाको माग


104
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नु भएको छ ।

केही व्यापारिक घरानाका निकट मानिएका अनधिकृत व्यक्तिलाई करको दर हेरफेरमा संलग्न गराइएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भईरहेका बेला अध्यक्ष लिङदेनले त्यसबारे सत्यतथ्य पत्ता लगाउन संसदीय समिति गठन गर्नुपर्ने माग गर्नु भएको हो ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकारले पूर्वनायव सुब्बा रामकृष्ण श्रेष्ठलाई करारमा नियुक्ती गरी सो काम लगाइएको भन्ने झारा टार्ने ढंगले जवाफ दिएको उल्लेख गर्दै आपत्ति जनाउनु भयो । गत वर्ष पनि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि सोही खालको आरोप लागेको स्मरण गराउँदै अध्यक्ष लिङदेनले त्यसलाई त्यसै छोडन नमिल्ने पनि बताउनु भयो ।

अध्यक्ष लिङदेनले बजेट आउनु अघिल्लो दिन ठूलो मात्रामा गाडीहरु आयात हुनु र भोलीपल्ट करको दर हेरफेर हुनु शंकास्पद रहेको तर्क समेत गर्नु भयो ।