६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


थपिए ११ जना कोरोना संक्रमित


0
Shares

काठमाडौं । देशभर थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजा ८ सय ५६ जनाको नमूना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मंगलबार २ जना संक्रमित कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।