
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले नेपालमा सहकारी बैंक खोल्ने अनुमति दिन माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद निधीले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भएपनि राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै बैंक खोल्ने स्वीकृति दिन माग गर्नुभएको हो ।
निधीले सहकारी बैंक खोल्न न्यूनतम् ५ सय जना शेयर होल्डर हुनुपर्ने प्रावधान अनुरुप सहकारी विभागमा बैंक खोल्न आवेदन परेको भए पनि राष्ट्र बैंकले पूर्व स्वीकृति नदिँदा काम रोकिएको बताउनुभयो । उहाँले हाल एउटा मात्रै सहकारी बैंक रहको अवस्थामा त्यसको एकाधिकारलाई अन्त्य गरी प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारीहरुको राम्रो व्यवस्थापन गर्नसके अर्थतन्त्रको तरलताको समस्या र रोजगारीको समस्या हल गर्न सकिने बताउनुभयो ।
सांसद निधीले मधेश प्रदेशमा सिंचाईको व्यवस्था गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्नुपर्ने तथा संविधान र संघीयताको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपतिले संविधानसम्मत रुपले नागरिकता विधेयक प्रमाणिकरण गर्नुभएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्