२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आर्थिक संकट समाधानका लागि वृहत गोलमेच सम्मेलन गरौं : योगेश भट्टराई


169
Shares

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि वृहत गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै संकट समाधानका लागि बृहत गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएको हो ।

सांसद भट्टराईले राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय लगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने बताउनुभयो । उहाँले गोलमेच सम्मेलनबाट देशको आर्थिक अवस्थाको सन्दर्भमा साझा धारणा बनाउनुपर्ने बताउनुभयो ।

सरकारले ल्याउको आगामी आर्थिक वर्षको बजेटले कुनै गन्तव्यहरुलाई निश्चित नगरेको उहाँको भनाई छ । बजेटले आजका चरम आर्थिक संकटहरुलाई अनुभुति समेत नगरेको उहाँले बताउनुभयो ।