१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


संख्या बढ्दै, खर्च र बसाइ घट्दै


455
Shares

काठमाडौं । कोभिड महामारीपछि अहिले केहि महिना पर्यटक आगमनमा वृद्धि भएको छ ।

तर, उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढ्नुको साटो घटेको छ ।

सरकारी तथ्यांकअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधिमा केहि कमी आएको छ ।

यस अवधिमा पर्यटकको औसत बसाइ १३.१ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर छ । सन् २०२१ मा यो क्रमश १५.५ दिन र खर्च ४८ डलर थियो ।

त्यसअघि २०२० मा कोभिड माहामारीका कारण पर्यटक आगमन अत्यन्तै न्यून भएपनि उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढेको थियो ।

तर, २०२२ मा दुबै घट्यो । कोभिडको समयमा क्वारेन्टाइन बस्नुपर्ने बाध्यताका कारण खर्च र बसाइ अवधि बढेको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।