१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


तिर्खाएका नगरवासीलाई भ्युटावर उपहार


5.434k
Shares

काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढीमा न्यूनतम पूर्वाधारको समेत अभाव छ।

खानेपानीको चरम असुविधाले नगरवासीको दैनिकी प्रभावित बनेको छ। नगरवासीका घरका धारामा तीन दिनमा १५ मिनेट पनि पानी झर्न मुस्किल छ। यसकारण काठमाडौंबाट करिब साढे दुई घण्टाको सडक यात्रामा पुगिने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका बासिन्दा सास्ती भोग्न बाध्य छन्।

सिन्धुपाल्चोककै मेलम्चीबाट ल्याइएको पानीले राजधानीवासीले प्यास मेटाइरहँदा पानीका पर्याप्त स्रोत हुँदाहुँदै पनि नगरका बासिन्दा भने काकाकुल जिन्दगी बाँच्न विवश छन्।

जनताको समस्या समाधान गर्नेभन्दा पनि तत्कालै विकासको हुटहुटीबाट लोकप्रिय बन्ने होडले यहाँका जनप्रतिनिधि विकासको सही मार्गबाट रुमलिएका छन्। खानेपानीका लागि बजेट खर्च गर्न सक्ने अवस्था भए पनि उनीहरूको प्राथमिकतामा नै ठुला र अनावश्यक योजना पर्ने गरेका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित मेयर अमानसिंह तामाङले नगरमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य नभएको भन्दै ११ करोडको लागतमा चौतारा बजारदेखि झन्डै ६०० मिटरमाथि गुम्बासँगै भ्युटावर र पार्क बनाए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।