२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउने


78
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम बुधबार ल्याउने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न लागेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्नु हुनेछ ।

बुधबार प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।