२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनकुटामा निर्माणाधीन जनजाती पार्क अलपत्र


91
Shares

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जे थुम्कीमा निर्माणाधीन जनजाति पार्क निर्माण अलपत्र भएको छ ।

गाउँपालिकाकै ठूलो पार्कका रुपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको पार्क बजेट अभावमा अलपत्र परेको हो ।

जनजाति पार्क साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माण थालिएको थियो । एक करोड ३५ लाख रुपैयाँको लागतमा पार्कको निर्माण सुरु गरिएको थियो ।

पार्कमा हालसम्म प्रदेश सरकारको एक करोड ४४ लाख रुपैयाँ खर्च भइसकेको छ । आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षण र सम्र्बद्धन गर्ने उद्देश्यले प्रदेश सरकारको लगानीमा पार्कको गत वर्षदेखि निर्माण सुरु गरिएको थियो ।

बजेटको अभावमा निर्माणाधिन पार्क आधा बनेर अलपत्र अवस्थामा रहेको छ । पार्कमा एक सभाहल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नका लागि विभिन्न स्तम्भ बनाइएको छ ।