१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तनहुँका कृषकलाई मौरीसहितको घार बितरण


221
Shares

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका मौरीपालक कृषकलाई मौरीसहितको घार बितरण गरेको छ ।

केन्द्रले १ सय ५३ मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आँबुखैरेनी–४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पञ्जा, धुँवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामाग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

म्याग्दे गाउँपालिका–४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको कार्यालयले जनाएको छ । ग्रामीण पोषण सुरक्षा कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरीएको हो ।

बन्दीपुर गाउँपालिका–२ हलथुम्काका विपन्न, गरिब र न्यून आय भएका ४६ परिवारलाई मौरीसहितको घार वितरण गरेको छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–४ भीरकोटमा १५ वटा मौरीसहितको घार वितरण गरेको केन्द्रले जनाएको छ ।

कृषकलाई मौरीपालनतर्फ आकर्षित गर्दै उनीहरूलाई आयआर्जनमुखी बनाउने उद्देश्यले कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण गर्दै आएको हो । मह उत्पादन गरी कृषकको आयआर्जनमा सहयोग पु¥याउन मौरीसहितको घार वितरण कार्यलाई प्राथमिकता दिएको केन्द्रले जनाएको छ ।