
काठमाडौं । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे लगायतका हिमालहरूबाट ३५ हजार किलो भन्दा बढी फोहोर संकलन गरिएको छ ।
“सफा हिमाल अभियान २०२३” यस वर्ष फोहोर र प्लास्टिक संकलन गरिएको हो । यस वर्षको अभियानले ती हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो, जुन लक्ष्य हालै पुरा भएको थियो ।यस अभियान मार्फत हिमालबाट ३५हजार ७०८ किलो फोहोर संकलन गरिएको थियो ।
स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा–ल्होत्से क्षेत्रबाट १३ हजार ६२१ किलो फोहोर र प्लास्टिक सङ्कलन गर्न सफल भएको थियो भने अन्नपूर्णबाट ३हजार ५६७ किलो र बरुञ्चेबाट १८हजार ५२० केजी गरी जम्मा गरी ३५हजार ७०८ किलो फोहोर यी क्षेत्रबाट हटाइएको हो ।
प्रतिक्रिया दिनुहोस्