१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

भ्रष्टाचारको उजुरी गर्न नगरबासीलाई अपिल


2.678k
Shares

बारा । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीले पुरै नगर बेथिती र चरम भ्रष्ट्राचारले सहनै नसक्ने गरी दुर्गन्धित भएको टिप्पणी गर्नुभएको छ ।

बेथिति र भ्रष्ट्राचार रोक्न नगरवासीसंग आग्रह गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरीले आफुलाई सोझै भ्रष्ट्राचारविरुद्ध उजुरी गरी सहयोग गर्न सार्वजनिक अपिल समेत गर्नुभएको छ । पुरीले कतिपय जनप्रतिनिधि,केही कर्मचारी,प्राबिधक,बिभिन्न खाले समिती लगायतबाट सहनै नसक्ने गरी भैरहेकोे बेथितिविरुद्ध तत्काल आफूलाई उजुरी गर्नको लागि स्र्माट बिधी अपनाउन पनि नगरवासीलाई आग्रह गर्नुभयो ।

यस्तै,कानुन विपरितका कार्य भएमा सोझै उजुरी गरे भ्रष्टाचार नियन्त्रण गर्र्न आफुलाई बल पुग्ने पुरीको भनाई छ । अघिल्लो जनप्रतिनिधिको ५ बर्षे कार्यकालमा जितपुर सिमरा उपमहानगर कार्य सम्पादनमा ७ सय ५३ स्थानीय तह मध्ये अन्तिम बाट दोस्रो र भ्रष्टाचारमा पहिलो बनेको थिए ।