१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सहकारी संस्थाको अनुशासनलाई सुदृढ बनाउन जरुरी छ : सचिव रेग्मी


169
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित सहकारीको विद्यमान चुनौति र समाधानको उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सचिव रेग्मीले उहाँले सहकारीका समस्या समाधान हुन नसक्ने खालका नरहेको भन्दै साझा प्रतिवद्धता लिन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीका समस्यालाई ठूलो बनाउन जरुरी नरहेको जिकिर गर्नुभयो ।

सचिव रेग्मीले उहाँले सबै सहकारी समस्याग्रस्त नरहेको र सबै सहकारी नभागेको भन्दै केही सहकारीका कारण सबै सहकारी संस्थाहरु अपमानित हुनु परेको बताउनुभयो । सहकारीहरु आफ्नो नियम र अनुशासनमा बस्न नसक्दा समस्या आएको बताउनुभयो । उहाँले सहकारी संस्थाहरुले आन्तरिक सुशासनको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

सचिव रेग्मीले गलत प्रवृत्ति भित्र्याउने काम रोकेर सबैले स्वसुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले असजिलो अवस्थामा अवरोध नभइ एकवद्ध हुुनपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।